• २०८३ कार्तिक १२ गते बुधवार

एनपीएल: दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ११, काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आजकाे खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ। सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो ।

जितका लागि पाएकाे १४६ रनकाे लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायाे। सुदूरपश्चिमकाे जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गरे। ऐरीले अर्धशतकीय पारी खेल्दै ५१ र इशानले ३७ रन जाेडे।यी दुबै ब्याटरले ७४ रनकाे साझेदारी गरे। पाेखराका धनन्जय लक्षन,सकिब अल हसन र मेहदि हसनले १/१ विकेट हात पारे।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिला ब्याटिङ गरेको पाेखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४५ रन बनायाे। जसमा अर्जुन घर्तीले सर्वाधिक ४० र मेहदि हसनले ३२ रनकाे याेगदान गरे। सुदूरपश्चिमका अनिल खरेलले ३ विकेट लिए।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस