• २०८३ जेष्ठ २६ गते मङ्गलवार

नापी कार्यालय साँखुका अमिन ४,०० घुस रकम सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौं । नापी कार्यालय, साँखु काठमाडौंमा कार्यरत अमिन सुशिल बुढाथोकी र सेवाग्राही ज्ञानबहादुर कार्की घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन ।

काठमाडौं शंखरापुर नगरपालिका वडा नं. ७ साँखु स्थित नापी कार्यालय, साँखुमा कार्यरत अमिन सुशिल बुढाथोकीले सेवाग्राही ज्ञान बहादुर कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाई दिए वापत घुस ४,००० रकम लिएका हुन ।

रकमसहित लिने दिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनिहरु दुवैलाई कार्यालय अगाडि रहेको किराना पसलको छेउमा रहेको गल्ली नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस