• २०८३ बैशाख २८ गते सोमवार

निर्मला बिकको कविता काम गर्नेहरु भन्दा सिकाउने धेरै हुन्छ्न

पढ्न लाग्ने समय : १ मिनेट
  • निर्मला बिक

दुनिया स्वार्थि छ राम्रोसँग बुझेर अघि बड्नु
स्वार्थिकै लागि यहाँ आफ्नो ठान्ने धेरै हुन्छ्न
भोकोपेट सङगै बलि लिएर मन्दिर धाउनेहरु
मानवता केहो नबुझी धर्म मान्ने धेरै हुन्छ्न

कसैसँग माया लगाउनु अगाडि बिचार पुर्याउनु
जवानिमा गिद्दे नजर हान्ने धेरै हुन्छ्न
दिन रात नै दुख गर्दा केहि पाएर नलाग्ने
पछि एक छाक खाएर जीवन धन्ने धेरै हुन्छ्न

केही राम्रो गर्ने हो भने खुट्टा तान्ने धेरै हुन्छ्न                                                                                                          जवानिमा गिद्दे नजर हान्ने धेरै हुन्छ्न

Sharing

प्रतिक्रिया दिनुहोस