• २०८३ बैशाख ६ गते आइतवार

सम्मान पदलाई  हैन ब्यक्तिको कामलाइ गर्नुपर्छ

पढ्न लाग्ने समय : २ मिनेट
  • रीता शाही रीतु ,बाजुरा

हाम्रो समाजमा अहिले पनि ब्यक्तित्व हेरिदैन ब्यक्ति र उस्ले गरेको कामको चर्चा हुदैन, हामी मान्छेले मान्छेलाई तुलना गर्न सक्दैनौ ।पछिल्लो समयमा मानबता हराएर राजनीति खेलले अग्रसरता लिएको पाईन्छ ,यसमा जनप्रतिनिधि आफु त गलत छन नै विशेष हामी सर्वसाधारण जनताको पनि कमजोरि रहेको पाईन्छ ।

पछिल्लो समयमा गलत राजनीतिले गर्दा सर्बसाधार्ण ब्यक्तिले सहि कानुन पाउन सकेका छैनन् भने क्षमतावान ब्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न सकेका छैनन । यसको मुख्यकारण राजनितीको गलत प्रयोग नै हो । यदि मात्र नभएर पछिल्लो समयमा विभिन्न निकायबाट समाज परिवर्तनको लागि आउने बजेटलाई पनि जनप्रतिनिधिहरुले सहि ढङ्गले सहि ठाउमा सदुपयोग गर्न सकिरहेको अबस्था छैन । माथिल्लो निकाय देखि तल्लो निकाय सम्म जति नि जनचेतना मुलक कार्यक्रम आउछन सामाजिक परिबर्तन को आवाज उठ्छन, सबै भन्न सकिँदैन केही जनप्रतिनिधिहरु यसमा आफै गलत रहेको र समाज लाई भने देखाओटि परिवर्तन गर्न खोजेको देखिन्छ ।

वडा ,गाउँ,र नगरपालिकाको प्रतिनिधिकोको तुलनामा सबैलाई खराब भन्न त मिल्दैन तर केही प्रतिनिधिहरु यस्ता पनि छन ,उनिहरुलाई जिम्मेवारीको मतलब छैन । पदको घमन्डले शिर उच्च बनाएर हिडेको पाईन्छ । आफ्नो जिम्मेवारी भन्दा वाहिरको काममा विशेष प्राथमिकता दिने गरेको पाईन्छ ।

जनप्रतिनिधिहरुले गरेको र गर्दै आएको काम माथि निगरानी राख्न पाउनु हामी सर्ब साधारण जनताको अधिकार हो तर यो विषयमा जनताले चासो राखेको पाईदैन । हामीले समुदाय समाजको विकाशको लागि खटाएका जनप्रतिनिधिहरु पनि आफ्नो ब्यक्तिगत विकाशको लागि बजेट हिनामिना गरेर खटिएको पनि हामीले कतिपय प्रत्यक्ष देखेका छौ ।

तर यो विषयमा सर्बसाधारणले साचो न दिएको पाईन्छ ,समाजलाई अगाडि बढाउन र परिबर्तन गर्न पहिले जनचेतना जोगाउनु पर्छ पद पाएकाहरुले म यहि दलको हु र मेरो यहि पाटि हो भन्नेजस्ता धारणा दिमागबाट हटाउनु आबश्यक देखिन्छ ,र आफ्नो ब्यक्तिगत काम भन्दा सामाजिक कार्यमा सहि ढङ्गले आफु परिवर्तन भएर समाज परिबर्तन गर्न तिर लाग्नु आवश्यक देखिन्छ । सर्वसाधारण जनताले कसैलाई मालिक बनाउन , कसैलाई धनी बनाउन र योजना हिनामिना गर्न जिताएर पद दिएको ह‌ोईन । पछिल्लो समयमा केही जनप्रतिनिधिहरुमा यस्तो भएको पाईन्छ । यस्ता जनप्रतिनिधिहरुको विरुद्धमा हामी सर्वसाधारण जनता जुन ठाउमा यस्ता अपराध भइरहेका छन घटिरहेका छन त्यो ठाउको स्थानियहरुले प्रत्यक्ष विरोध गरेर बोल्न सक्नुपर्दछ ।

पद पाएकाहरुलाई उनिहरुको गल्ति लुकाउदै हामीले मालीक नै सम्झेर बस्यौ भने समाज परिवर्तन हुन सक्दैन । त्यसैले हामिले समाजलाई यथार्थमा परिबर्तन गर्नलाई राम्रोलाई राम्रो र गलत लाई गलत भनेर छुट्याउन सक्नु पर्छ । सम्मान पदलाई  हैन ब्यक्तिको कामलाइ गर्नुपर्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस