• २०८३ असोज २१ गते बुधवार

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २१, काठमाडौं । वीरगन्जको नयाँ बसपार्क क्षेत्रमा इभीको ठक्करबाट एक महिलाको ज्यान गएको छ। बुधबार बिहान बसपार्क सडकखण्डमा पैदल हिँडिरहेकी वीरगन्ज महानगरपालिका–१६ नगवाकी ४५ वर्षीया रीमा गुप्तालाई बा.प्र.०३–००१ ज ०७२० नम्बरको इभीले ठक्कर दिएको हो। प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी गुप्ताको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले इभी र चालक सिन्धुलीको कमलामाई नगरपालिका–२ का रामकुमार कार्कीलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस