• २०८३ बैशाख ८ गते मङ्गलवार

राजनीतिक दलबाट सेनामाथि आक्रमण भयो – परराष्ट्रमन्त्री साउद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ७, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाली सेनामाथि केही राजनीतिक दलबाट आक्रमण भएको बताएका छन् ।

जारी कांग्रेस केन्द्रीय समिति बैठकमा उनले सत्ता नपाएपछि केही राजनीतिक दलबाट सेनामाथि आक्रमण गरेको बताएका हुन् ।

‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्,’ उनले भने । आर्मीमाथि मात्र नभएर असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि पनि प्रहार गर्ने काम भइराखेको उनको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस