• २०८३ जेष्ठ २ गते शनिवार

मानव बेचबिखनमा संलग्न अभियुक्त पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, काठमाडौं । मानव बेचबिखन कार्यमा संलग्न अभियुक्त काठमाडौँ चक्रपथ डेरा गरी बस्ने मोरङ कटहरी गाउँपालिका–४ का ३५ वर्षीय रामकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

महिलालाई फकाइ प्रलोभनमा पारी श्रीलङ्का पु¥याउने कार्यमा संलग्न रहेका चौधरीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले चाबहिलबाट पक्राउ गरेको हो । चौधरीउपर जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस