- धर्म सुनार, बाजुरा
माघ १० बाजुरा । बाजुरामा जे वि मिडिया प्रा। लि द्वारा संचालन व्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ । जे वि मिडिया प्रा.लि.को चौथो बार्षिकउत्सवको अबसरमा पाच गते बाट संचालन भएको खेलमा नेपाल रेडक्रस टिम विजयी भएको छ । २० वटा टिम सहभागी भएको खेलमा मालिका मावि र नेपाल रेडक्रसका विच भएको फाइनल खेलमा मालिका मावि दोश्रो भएको छ।

प्रथम हुनेलाई प्रथम पुरस्कार २० हजार बराबरको ब्याट, तुम्लेट, ट्रफि, मेडल र प्रमाणपत्र र तेसै गरि द्वितीय हुनेलाइ १४ हजार बराबरको ब्याट, कप, ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
२०७२ साल माघ १० गतेबाट व्यवसायि रुपमा संचालन हुँदै आएको जे वि मिडिया प्रा.लि चार वर्ष पूरा भए र पाँचौ वर्ष सुरु भएको छ । विगत चार वर्ष देखि दुखि असायलाई आफ्नो स्थपना दिवसको दिन जे वि मिडियाले आफ्नो आम्दानिको केही प्रतिशत सहयोग गर्दै आईरहेको मेडियाका प्रवन्धक झरेन्द्र ओलिले बताए । पछिका दिनहरुमा पनि स्थापना दिवसको अबसरमा जे वि मेडियाले यस्ता क्रियाकलाबहरु गर्दै रहने छौ मिडियाका प्रवन्धक ओलि प्रतिवद्वता गरेका छन ।

खेलकुदमा संचालन भएको समापन कार्यक्रममा अध्यक्ष जे वि मेडियाका प्रवन्धक झरेन्द्र ओलि रहनु भएको थिए भने प्रमुख अतिथि बाजुरा जिल्ला समुन्वय समितिका प्रमुख नरेन्द्र रोकाया रहनु भएका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेका जि. स. स. बाजुराका प्रमुख नरेन्द्र रोकायाले मिडियाले आफ्नो स्थापना दसवसमा राम्रा कामहरु गर्दै आएकोमा धन्यबाद व्यक्त गरेका छन । प्रमुख अतिथि रोकायाले जे वि मिडियाको चौथो स्थापना दिवसको उपलक्षमा शुभकामना समेत दिएका छन ।
विशिष्ठ अतिथि नेकपा का जिल्ला सचिब भरत रोकाया र नेपाली कांग्रेस तथा उद्वोग बाणिज्य संघ बाजुराका अध्यक्ष देव वहादुर रोकाया रहनु भएका थिए । कार्यक्रममा नेकपाका जिल्ला कमिटि सदस्या जनक बोहरा , गै स स बाजुराका अध्यक्ष कासी वि. क , बडिमालिका नगरपालिकाका वडा नं. ९ का वडा अध्यक्ष बिनोद कुमार वि. क वडा नं. ८ का वडा अध्यक्ष प्रकाश रावल समेत अतिथि रहनु भएका थिए ।समापन कार्यक्रमको संचालक रेडियो बाजुराका स्टेसन म्यानेजर कृष्ण ओलिले गरेका थिए ।