माघ , ९ एजेन्सी । अष्ट्रेलियामा डढेला नियन्त्रणमा संलग्न एक विमान दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भयो ।

उक्त विशाल हवाई ट्यान्कर बिहिबार स्थानीय समय अनुसार १३ः३० देखि हराइरहेको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
नर्थ साउथ वेल्सको ग्रामिण अग्नि नियन्त्रण सेवाले उक्त पानी बोकेको जहाज डढेलो प्रभावित क्षेत्रमा पठाइएको जहाज हिउयुक्त पहाडमा ठोक्किएको जनाइएको छ ।
कमिस्नर शेन फिट्जसिमान्सका अनुसार जहाज के कारणले जहाज पहाडमा ठोक्किन पुगेको स्पष्ट नभइसकेको बताए ।