• २०८३ बैशाख १६ गते बुधवार

प्रदेश २ मा मुख्यमन्त्रीले खसाले पहिलो भोट

पढ्न लाग्ने समय : १ मिनेट

माघ, ९ काठमाडौँ । राष्ट्रियसभाको निर्वाचनअन्तर्गत प्रदेश २ मा पनि बिहीबार बिहान १० बजेबाट मतदान सुरु भएको छ ।

बिहान १० बजेदेखि जनकपुरधामस्थित महेन्द्र नारायण स्मृति सदनमा सुरु भएको मतदानमा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पहिलो मतदान गरे । मतदान दिउँसो ४ बजेसम्म हुने निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । उनका अनुसार बिहान ११ः३० बजेसम्म सय जनाले मतदान गरेका छन् ।

प्रदेश २ मा ३ सय ७९ जना मतदाता रहेका छन् । प्रदेशमा १ सय ७ जना सांसद छन् भने १ सय ३६ स्थानीय तहका प्रमुख र उप–प्रमुख गरी २ सय ७२ जना छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस