• २०८३ असोज ७ गते बुधवार

इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) झापाले रसुवा बाढी प्रभावितको राहतका लागि रु १० लाख सहयोग गरेको छ ।इक्यान झापाको सामाजिक उत्तरदायित्व (सीएसआर) समितिको पहलमा सदस्य तथा पदाधिकारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

सङ्कलित रकमको चेक कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल र जिल्ला लय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्कालाई संयुक्त रूपमा हस्तान्तरण गरिएको संस्थाका उपाध्यक्ष अशोक भण्डारीले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस