• २०८३ भाद्र ३१ गते बुधवार

विशेष महाधिवेशनका महामन्त्री घिमिरे लाई मुगु जिल्ला प्रवेश निषेध !

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौं ।  नेपाली कांग्रेस जिल्ला कार्यसमिति मुगुले बिशेष महाधिवेशनका महामन्त्री गुरुराज घिमिरेलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। आज बुधबार जिल्ला कार्यवाहक सभापति कर्ण बहादुर रावलको अध्यक्षतामा बसेको बैठकले महामन्त्री घिमिरेलाई जिल्ला प्रवेशमा पुर्णरुपमा रोक लगाउने निर्णय गरेको हो।

महामन्त्री घिमिरेले जिल्ला उपसभापति हरिजंग शाहीलाई असोज ३ र ४ गते हुने वडा अधिवेशनसहित जिल्ला मातहतका अधिवेशन सम्पन्न गर्न कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए। उपसभापति शाहीलाई कार्यवाहक सभापतिको रुपमा कामकाज गर्ने गरी विशेष जिम्मेवारी तोकिएको उल्लेख छ

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका ऐन बहादुर शाहि सभापति पदकाे कार्यभार सम्हाल्दै तथा पार्टी भित्रकाे कामकाज गर्दे आएका थिय ३० भदाैमा महामन्त्री घिमिरेले हरिजंग शाहीलाई कार्यवाहक सभापतिकाे,जिम्मेवारी दिदा बिना जानकारी र बिधान विपरित भएकाे भन्दै खेद प्रकट गरेकाे निर्णयमा उल्लेख रहेकाे छ । ऐन बहादुर शाहि गएकाे १४ ओै महाधिवेशन बाट निर्वाचित पार्टी सभापति हुन । आज बसेकाे बैठकले महामन्त्री घिमिरेलाई मुगु प्रवेशमा रोक लगाउने निर्णय गराउनुका साथै यहि असाेज १५ गते बाट वडा अधिवेशन मुगु जिल्लाकाे ४५ वटै वडामा भब्य सभ्य र व्यापक ढंगले गर्ने निर्णयमा उल्लेख गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस