पौष २२, काठमाडौं । माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ। राष्ट्रियसभा निर्वाचनको भोलि उम्मेदवारी दर्ता हुँदैछ ।
उम्मेदवारको नाम
कोशीबाट महिला कोटामा चम्मादेवी कार्की
बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी
गण्डकीमा महिलातर्फ मनरूपा शर्मा
लुम्बिनीमा अन्यमा झक्कु सुवेदी
कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा
सुदूरपश्चिममा महिला कोटामा रेणु चन्द