भदौ २७, काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दै छ । कार्यदलका संयोजक एवम् उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा पार्टी कार्यालयमा हिजो बसेको बैठकमा विषय प्रवेश नगरेपछि आज बेलुकी पुनः बैठक बस्न लागेको हो।

कार्यदलको बैठकमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष थापाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका छन्। तिनै प्रतिवेदनमाथि आजदेखि छलफल हुन लागेको जानकारी सचिव महेश बस्नेतले दिएका छन्।