• २०८३ भाद्र २५ गते बिहिवार

डडेल्धुरा जिल्ला भलिबल संघको अधिवेशन भदौ २८ गते हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, डडेल्धुरा । जिल्ला भलिबल संघ, डडेल्धुराले आफ्नो जिल्ला अधिवेशन गर्ने भएको छ। संघले सार्वजनिक गरेको सूचनाअनुसार आगामी २०८३ भदौ २८ गते जिल्ला अधिवेशन आयोजना गरिने भएको हो। अधिवेशन दिउँसो १२ बजे डडेल्धुराको टुँडिखेलस्थित जिल्ला खेलकुद समितिको कार्यालयमा हुने संघले जनाएको छ।

जिल्ला भलिबल संघले अधिवेशनमा संघका सम्पूर्ण पदाधिकारी, सदस्य, खेलकुद संघका प्रतिनिधि तथा साथीहरू, रेफ्री, खेलाडी, समर्थक र शुभचिन्तकहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ।

भलिबल खेलको विकास, संगठनको संस्थागत सुदृढीकरण तथा आगामी दिनको नेतृत्व र कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा अधिवेशनलाई हेरिएको छ। जिल्ला तथा प्रदेश तहमा भलिबल गतिविधि बढिरहेको अवस्थामा डडेल्धुरा जिल्ला भलिबल संघको अधिवेशनलाई खेल क्षेत्रका सरोकारवालाले समेत चासोका साथ हेरेका छन्।

नेपाल भलिबल संघले देशभरका जिल्ला संघहरूलाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिएसँगै विभिन्न जिल्लामा अधिवेशनको तयारी अघि बढेको छ।

डडेल्धुरा जिल्ला भलिबल संघको नयाँ नेतृत्व चयनसँगै जिल्लाको भलिबल विकासले थप गति लिने अपेक्षा गरिएको

Sharing

प्रतिक्रिया दिनुहोस