चैत ३, लाहान । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक आजदेखि सिरहाको लहानमा सुरू हुँदैछ।
बैठकमा सहभागी हुनेले अनिवार्य नागरिकता साथमा लिएर आउनु पर्ने निर्णय सहित बोलाइएको परिषदको बैठक सोमबारसम्म चल्ने छ । बैठकमा नेपाल सरकार र गठबन्धनबीच भएको ११ बुँदे सम्झौताको जानकारी गराउने र अब कसरी अघि बढ्ने भन्ने रणनीति तयार गर्ने गठबन्धनले जनाएको छ।
‘बैठकमा सहभागी हुनेले अनिवार्य नागरिकता साथमा लिएर आउनु होला भन्दै बैठक आकस्मिक रूपमा राखिएकोले जिल्लाका सीमित सदस्यमात्रै बोलाइएको छ। केही साथीहरू छुट्नु भए दुस्ख नमान्नुहोला। छिट्टै विस्तारित बैठक र भेटघाटका कार्यक्रम सुरू हुनेछ।’ राउतले ,फेसबुक वालमा लेखेका छन ।