• २०८३ कार्तिक २१ गते शुक्रवार

धनगढीमा भदौ २३ गते तेस्रो रक्तदान कार्यक्रम हुँदै

लोकराज जोशी पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, धनगढी । विश्व हिन्दू परिषद् नेपाल, धनगढी कैलालीको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम हुने भएको छ। ‘वर्षमा चार पटक रक्तदान गरौँ/गराऔँ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको रक्तदान कार्यक्रम २०८३ भदौ २३ गते मंगलबार धनगढीको पार्कमोड, जेन-जी मार्गमा सञ्चालन हुने आयोजकले जनाएको छ।

रक्तदान जीवनदान भन्ने भावनालाई आत्मसात् गर्दै आयोजना गर्न लागिएको कार्यक्रममा रक्तदाताहरूलाई सहभागी भई मानवीय सेवामा योगदान गर्न आयोजकले आग्रह गरेको छ। विश्व हिन्दू परिषद् धनगढीले यसअघि पनि रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। गत वर्ष आयोजित पहिलो बृहत् रक्तदान कार्यक्रममा ११० जनाले रक्तदान गरेका थिए भने दोस्रो कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए।

आयोजकका अनुसार नियमित रक्तदानमार्फत रक्त अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। सहभागी हुन इच्छुक सबैलाई निर्धारित स्थान र मितिमा उपस्थित भई रक्तदान गर्न आग्रह गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस