• २०८३ असार १७ गते बुधवार

परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण- मौसम खराब हुदा नेपाली भुमीमा आयो भारतीय हेलिकप्टर, गलत नियत देखिएन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भू-भागमा आएको विषयमा स्पष्टीकरण दिएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री खनालले मौसम खराब भएपछि भारतीय हेलिकप्टर नेपालको दार्चुला जिल्लामा प्रवेश गरेको स्पष्टीकरण दिएका हुन् ।

मन्त्री खनालले भारतीय पक्षको कुनै नियोजित एवं गलत मनसायले हेलिकप्टर नेपाली भूमीमा नल्याएको पाइएको बताए । उनले भने- ‘दार्चुला जिल्लामा भारतीय हेलिकप्टर नियोजित एवं गलत मनसायले नेपाल नेपालको भूभाग प्रवेश गरेको नेदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति र मौसमको कारणले नेपाली भू-भाग प्रवेश गरेको विषयमा नेपाली सम्बन्ध अधिकारीहरू र भारतीय पक्षबीच आवश्यक सम्पर्क र समन्वय भइरहेको छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस