भदौ १२,बुटवल । लुम्बिनी प्रदेशिक अस्पतालद्वारा सञ्चालित बुटवल कोरोना विशेष अस्पतालमा आज ६० वर्षीय कोरोना संक्रमितहरुको मृत्यु भइरहेको छ । पछिल्ला ३ दिनदेखि सो अस्पतालमा लगातार संक्रमितहरुको मृत्यु भएको अस्पतालले जनाएको हो ।

बुधबार राती कपिलवस्तुका एक पुरुषको मृत्यु भएको अस्पतालमा हिजो बिहान १० बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकी नगरकी एक महिलाको मृत्यु भयो भने आज बिहान विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो । मृत्युसँगै अस्पतालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । जसमा कपिलवस्तुका ३, प्युठानका १ र रुपन्देहीका ४ जनाको मृत्यु भएको अस्पतालको तथ्याड्कमा उल्लेख छ ।