• २०८३ भाद्र २० गते शनिवार

सगरमाथा स्मासर्सको लगातार दोस्रो जित, खप्तड फाल्कन्स सोझो सेटमा पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०, काठमाडौं । जारी नेपाल भलिबल लिग (एनभिएल)मा सगरमाथा स्मासर्सले खप्तड फाल्कन्सलाई सोझो सेटमा पराजित गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा सगरमाथाले खप्तडलाई २५–१८, २५–१८ र २५–१९ को सेटमा हरायो।

यो सगरमाथा स्मासर्सको प्रतियोगितामा लगातार दोस्रो जित हो। यसअघि सगरमाथाले मधेस वारियर्सलाई पराजित गरेको थियो। शनिबारकै अर्को खेलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई ३–२ को सेटमा पराजित गरेको थियो।

एनभिएलअन्तर्गत आइतबार कर्णाली शिवराज अन्नपूर्ण स्पाइकर्स र काठमाडौँ रेड्सबीच दिउँसो ४ बजे प्रतिस्पर्धा हुनेछ। त्यस्तै कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच साँझ ७ बजे खेल हुनेछ।

Sharing

प्रतिक्रिया दिनुहोस