• २०८३ भाद्र २० गते शनिवार

राजनीतिलाई पेसा बनाएर जनतालाई झुक्याउनेविरुद्ध आगामी चुनावमा युवा उम्मेदवार बन्नुपर्छ : जगत ऐर

लोकराज जोशी पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०, धनगढी । राजनीतिलाई पेसा बनाएर लामो समयदेखि जनतालाई झुक्याउने प्रवृत्तिको अन्त्य गर्न आगामी निर्वाचनमा युवाहरू उम्मेदवार बन्नुपर्ने धारणा जगत ऐरले व्यक्त गर्नुभएको छ। ऐरले पुरानो राजनीतिक कार्यशैलीबाट मुलुकको विकास र जनताको अपेक्षा पूरा हुन नसकेको भन्दै अब युवाहरूले राजनीतिमा सक्रिय हस्तक्षेप गर्नुपर्ने बताउनुभएको हो।

उहाँले आगामी निर्वाचनमा सक्षम, इमानदार र जनताप्रति उत्तरदायी युवाहरू अघि आएर उम्मेदवारी दिनुपर्नेमा जोड दिनुभयो। राजनीतिलाई व्यक्तिगत स्वार्थ र पेसा बनाउने प्रवृत्तिविरुद्ध युवाको नेतृत्व आवश्यक रहेको उहाँको भनाइ छ।

ऐरले युवाहरूले केवल सामाजिक सञ्जालमा आलोचना गरेर मात्र नहुने भन्दै निर्वाचनमार्फत नेतृत्वमा पुगेर परिवर्तनका लागि काम गर्नुपर्ने बताउनुभयो।

उहाँका अनुसार जनताले पनि आगामी निर्वाचनमा उम्मेदवारको विगत, क्षमता, विचार र जनताप्रतिको प्रतिबद्धता हेरेर नेतृत्व चयन गर्न आवश्यक छ।

Sharing

प्रतिक्रिया दिनुहोस