• २०८३ जेष्ठ २८ गते बिहिवार

नेप्से झन्डै २४ अङ्कले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १६, काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ७६ अङ्कले बढेर दुई हजार आठ सय ४३ दशमलव ६२ विन्दुमा पुगेको छ । आज बैंक, व्यापार र लगानीबाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । बीमा, विकास बैंक, होटल र अन्य समूहको शेयर उच्च अङ्कले बढेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । आज ९९ लाख ७७ हजार कित्ता शेयर ६ अर्ब सात करोड रुपैयाँमा किनबेच भएका छन् । आज साहस ऊर्जा कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै तीन प्रतिशतले घटेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस