• २०८३ भाद्र १९ गते शुक्रवार

बाढीपछि पुनस्र्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो

खबर२४ नेपाल पढ्न लाग्ने समय : ८ मिनेट

भदौ १९, काठमाडौं । विपद्ले परिवारजन, घर, व्यवसाय र सम्पत्ति खोस्नसक्छ तर अवसर, सीप र उद्यमशीलतामार्फत पुनःनिर्माण गर्न सकिन्छ । भोटेकोशी बाढीपछि सरकारी अग्रसरता, उद्दार, उपचार, राहत र यसको प्रभावकारिताका बिषयको पृथक आलेख हुन सक्दछ । त्यसलाई यही थाँती राखेर अगाडिको विभिन्न बाटोमध्ये केही पाटोलाइ मात्र उल्लेख गर्न सकिन्छ ।

सन् २०१५ को विनाशकारी भूकम्प, कोभिड–१९ महामारी तथा पटक–पटक आउने बाढीपहिरोजस्ता प्राकृतिक तथा मानवीय संकटसँग जुध्दै हामी यहाँसम्म आइपुगेका छौँ । अहिले फेरि भोटेकोशीमा आएको विनाशकारी बाढीले तटीय क्षेत्रको जनजीवन, पूर्वाधार, व्यापार–व्यवसाय र स्थानीय अर्थतन्त्रमा गम्भीर असर पु¥याएको छ । साच्चिकै यसको प्रभावलाई मसिनोगरी सोसल इन्जिनियरिङको अवधारणाले हेर्ने हो भने भोटेकोशी तटीय क्षेत्र पुरानो अवस्थामा फर्कनै नसक्नेगरी स्वरुप नै बदलेको देखिन्छ । यसको मानवीय एवं पारिवारिक क्षति मात्र होइन निजी तथा सरकारी भवन, विद्यालय, स्वास्थ्य संस्था, पशु चौपाया, कृषि क्षेत्रदेखि समग्र मानव अस्तित्वविहीन स्वरुपमा परीणत गरेको छ ।

सरकारी तवरबाट योजना बनाएर तत्कालै गर्नुपर्ने सरकारी दायित्वको असङ्ख्य विवरण सृजना हुन पुगेको छ । यस्तो संवेदनशील समयमा सरकारले अत्यन्तै सालिनताका साथ विदेशी मित्रराष्ट्रहरु र विकास साझेदार निकायहरुससँग प्रभावकारी सम्बन्ध स्थापित गर्दै सिंगो देशलाई एकाकार गरेर राजनीतिक, आर्थिक, सामाजिक, मानवीय ब्यवस्थापनदेखि कुटनीतिक कौशलताका साथ पुननिर्माणको काममा जुट्नुपर्ने टडकारो आवश्यक्ता छ ।

यस्तो महाविपद्को समयमा पहिलो प्राथमिकता स्वाभाविक रूपमा मानवीय उद्धार, उपचार र राहत हुन्छ । हराइरहेका मानिसको खोजी, घाइतेको उपचार, सुरक्षित स्थानमा स्थानान्तरण, खाद्यान्न तथा अत्यावश्यक सामग्रीको व्यवस्था नै तत्कालीन आवश्यकता हो। सरकारको तर्फबाट गर्ने तमाम कार्यसँगै उद्धार र राहतपछि आउने अर्को प्रश्न अझ गम्भीर हुन्छ—अब प्रभावित परिवार कसरी आफ्नो जीवन पुनः सुरु गर्ने ? घर पुनर्निर्माण, बालबालिकाको शिक्षामा निरन्तरता र परिवारको दैनिक खर्च धान्नुपर्छ । गुमेको रोजगारी वा व्यवसाय पुनः सुरु गर्नुपर्छ । ऋण र आर्थिक दायित्व व्यवस्थापन गर्नुपर्छ । यहीँबाट विपद्पछिको वास्तविक आर्थिक पुनस्र्थापना सुरु हुन पुग्दछ ।

विपद् केवल मानवीय एवं भौतिक मात्र होइन, आर्थिक क्षति पनि हो

भोटेकोशी बाढीको प्रभावलाई केवल सडक, पुल, विद्यालय, घर वा अन्य भौतिक संरचनाको क्षतिका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । यसको अर्को महत्वपूर्ण पाटो नियमित सामाजिकीकरण र स्थानीय अर्थतन्त्रमा परेको असर हो । कुनै परिवारको पसल बग्यो भने त्यो केवल एउटा भवन वा सामानको क्षति होइन—त्यो परिवारको आम्दानीको स्रोत गुमेको हो । कुनै परिवारको सदस्य गुम्नु भनेको जीवित ब्यक्ति एवं परिवारको मनोसामाजिक असर सहितको जीवन्त चोट हो । कुनै किसानको पशुधन वा उत्पादन क्षति भयो भने त्यो आगामी महिनाहरूको आम्दानीमा परेको असर हो । कुनै होटल, साना व्यवसाय वा सेवा प्रदायकको व्यवसाय बन्द भयो भने त्यससँग जोडिएका परिवार र श्रमिकको आयसमेत प्रभावित हुन्छ । यस अर्थमा विपद्पछिको पुनस्र्थापनालाई तीन तहमा बुझ्न जरुरी छ ।

मानवीय पुनस्र्थापना, भौतिक पूर्वाधारको पुनर्निर्माण, परिवार तथा स्थानीय अर्थतन्त्रको पुनर्जीवन महत्वपूर्ण पाटो हो । पहिलो दुई क्षेत्रमा राज्य र विभिन्न निकायको भूमिका महत्वपूर्ण हुन्छ । तर तेस्रो क्षेत्रमा स्थानीय समुदाय, निजी क्षेत्र, वित्तीय संस्था, विकास साझेदार तथा उद्यमशील एवं व्यापारिक परिवारहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

विगतका संकटबाट महत्वपूर्ण सिकाइ

सन् २०१५ को भूकम्पपछि प्रभावित समुदायमा काम गर्दा एउटा महत्वपूर्ण कुरा देखियो राहतले तत्कालीन आवश्यकता पूरा गर्न सक्छ, तर दीर्घकालीन जीवनयापनका लागि परिवारलाई फेरि आयआर्जनको स्रोतमा जोड्न सक्दैन रहेछ । कोभिड–१९ महामारीले पनि अर्को महत्वपूर्ण पाठ सिकायो, आपूर्ति प्रणाली अवरुद्ध हुँदा स्थानीय उत्पादन, स्थानीय बजार र स्थानीय उद्यमको महत्व देखिन पुग्यो साथै बाह्य स्रोतमा मात्र निर्भर अर्थतन्त्र संकटको समयमा बढी जोखिममा पर्न सक्छ । त्यसैले विपद्पछिको पुनस्र्थापनामा एउटा महत्वपूर्ण दृष्टिकोण आवश्यक छ । ‘पीडित परिवारलाई केवल राहतको लाभग्राहीका रूपमा होइन, पुनर्निर्माणका सक्रिय आर्थिक साझेदारका रूपमा हेर्नुपर्छ ।’ र यही सोचले मात्र प्रभावित परिवारलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन सकिन्छ ।

सामाजिक उधमशिलता ः पुनस्र्थापनाको एउटा महत्वपूर्ण आधार

विपद्पछि सबै परिवारको आवश्यकता एउटै हुँदैन । कसैलाई तत्काल खाद्यान्न चाहिन्छ, कसैलाई घर निर्माण गर्न सहयोग चाहिन्छ, कसैलाई कृषि सामग्री, कसैलाई पशुधन र कसैलाई आफ्नो सानो व्यवसाय पुनः सुरु गर्न पूँजी चाहिन्छ । त्यसैले राहतपछि ‘कसलाई के चाहिन्छ ?’ भन्ने प्रश्नसँगै ‘कसरी उसको आयआर्जन पुनः सुरु गर्न सकिन्छ ?’ भन्ने प्रश्नलाई पनि प्राथमिकता दिन आवश्यक छ । र यही ठाउँमा उद्यमशिलता विकास महत्वपूर्ण हुन्छ । उद्यमशीलता भन्नाले केवल ठूलो उद्योग स्थापना गर्नु होइन । स्थानीय आवश्यकता, उपलब्ध स्रोत, सीप र बजारको सम्भावनाका आधारमा परिवारले सञ्चालन गर्न सक्ने सानो तथा व्यवहारिक व्यवसाय पनि उद्यमशीलताको महत्वपूर्ण हिस्सा हो । कृषि तथा पशुपालन, तरकारी उत्पादन, बाख्रा तथा कुखुरापालन, पर्यटन एवं होटेल, साना खुद्रा पसल, खाद्य प्रशोधन, स्थानीय उत्पादन, हस्तकला, सेवा व्यवसायलगायतका गतिविधिले परिवारलाई क्रमशः नियमित आम्दानीतर्फ फर्काउन सक्दछ । तर पूँजी मात्र दिएर उद्यम सफल हुँदैन । व्यवसाय छनोट, सीप, व्यवसाय योजना, भौगोलिक एवं बजारको अवस्था लागत व्यवस्थापन लगायत जोखिम व्यवस्थापन र निरन्तर प्राविधिक सहयोग पनि आवश्यक हुन्छ ।

उद्यमशिलता कार्यक्रमबाट लिन सकिने सिकाइ

उद्यमशिलता कार्यक्रमको मूल सोच परिवारलाई एकपटक सहयोग गरेर छाड्नेभन्दा पनि उद्यममार्फत नियमित आयआर्जन गर्न सक्षम बनाउने हुनु पर्दछ । विशेषगरी बालबालिकाको शिक्षा र परिवारको आर्थिक अवस्थाबीचको सम्बन्धलाई केन्द्रमा राखेर अभिभावक तथा समुदायलाई उद्यमशीलतासँग जोड्ने प्रयास गर्न अति जरुरी छ र यसले मात्र प्रभावित क्षेत्रको सामाजिक विकासमा महत्वपुर्ण योगदान पुर्याउंन सक्दछ । यस प्रक्रियामा उद्यमको छनोट, व्यवसायीक ज्ञान तथा तालिम, प्रारम्भिक पूँजी सहयोग, व्यवसाय सञ्चालन, नियमित प्राविधिक परामर्श तथा व्यवसायको प्रगति जस्ता पक्षहरूको ख्याल गरिनुपर्दछ र यस प्रकारका कार्यक्रमहरु ‘एचपीएफ’लगायत विभिन्न साझेदार संस्थाहरुले देशका बिभीन्न ठाउंमा सन्चालन गरिरहेका छन । यसबाट एउटा महत्वपूर्ण कुरा सिक्न सकिन्छ—उद्यमशीलता कार्यक्रमको सफलता केवल कति परिवारलाई पैसा दिइयो भन्नेमा होइन, कति परिवारले त्यो सहयोगलाई दिगो आम्दानीमा रूपान्तरण गर्न सके र सामाजिकीकरणमा योगदान दिनसके भन्नेमा मापन हुनुपर्छ । तब मात्र हाम्रा प्रयासहरु विपद्पछिको पुनस्र्थापनामा पनि उपयोगी हुन सक्छन ।

राहतबाट रिकोभरी, रिकोभरीबाट रिलायन्स

पहिलो चरणमा राहतले जीवन बचाउँछ, दोस्रो चरणमा पुनस्र्थापनाले जीवनलाई सामान्य अवस्थामा फर्काउँछ र तेस्रो चरणमा रिलायन्स अर्थात् भविष्यका संकट सामना गर्न सक्ने क्षमता निर्माण हुन्छ । उद्यमशिलता बिकास यी तीनै चरणबीच जोडिने एउटा महत्वपूर्ण माध्यम बन्नसक्छ । उदाहरणका लागि, बाढीबाट व्यवसाय गुमाएको परिवारलाई तत्काल राहत आवश्यक छ । त्यसपछि उसको व्यवसाय पुनः सञ्चालन गर्न आवश्यक पूँजी र सामग्री चाहिन्छ । त्यसपछि व्यवसायलाई अझ सुरक्षित र विविध बनाउन बजार, वित्तीय व्यवस्थापन, नयाँ उत्पादन वा वैकल्पिक आयस्रोतबारे सहयोग आवश्यक पर्न सक्छ । तसर्थ यसरी हेर्दा व्यवसाय पुनः सुरु गर्नु मात्र रिकोभरी भविष्यमा अर्को संकट आउँदा पनि परिवारको आय पूर्ण रूपमा नटुट्ने क्षमता निर्माण गर्नु रिलायन्स हो ।

स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन स्थानीय उद्यम आवश्यक

विपद्पछि बाहिरबाट राहत सामग्री आउँछ । तर दीर्घकालीन पुनस्र्थापनाका लागि स्थानीय अर्थतन्त्रभित्रै पैसा र अवसरको प्रवाह बढाउन आवश्यक हुन्छ । स्थानीय उद्यमीले उत्पादन गर्छ, स्थानीय श्रमिकले रोजगारी पाउँछन्, स्थानीय बजारमा कारोबार हुन्छ, परिवारको आम्दानी बढ्छ र स्थानीय सरकारको आर्थिक आधार बलियो हुन्छ । यसरी एउटा सानो उद्यमको पुनस्र्थापनाले केवल एउटा परिवारलाई मात्र होइन, सम्पूर्ण स्थानीय आर्थिक प्रणालीलाई चलायमान बनाउन सक्छ ।

त्यसैले विपद्पछिको पुनर्निर्माणमा सडक, पुल, विद्यालय र घरसँगै स्थानीय व्यवसाय तथा आयआर्जनका स्रोतको पुनर्निर्माणलाई पनि योजनाको अभिन्न हिस्सा बनाउनुपर्छ । यसका लागि उद्यमशीलता कार्यक्रम सावधानीपूर्वक सञ्चालन गर्न जरुरी छ । विपद्पछि हतारमा सबै प्रभावित परिवारलाई एउटै प्रकारको व्यवसाय वा समान रकम वितरण गर्नु प्रभावकारी नहुन सक्छ । प्रत्येक परिवारको अवस्था, क्षमता, सीप, रुचि, उपलब्ध स्रोत, बजारको पहुँच र जोखिम फरक हुन्छ भने बजार क्षेत्र र ग्रामीण क्षेत्रका उद्यमशिलताको प्रकृति नै फरक हुने गर्दछ । त्यसैले ल्भभम ब्ककभककmभलत, ःबचपभत ब्ककभककmभलत र द्यगकष्लभकक ँभबकष्दष्ष्तिथ का आधारमा उद्यम छनोट गर्नुपर्छ । त्यसैगरी, सहयोगसँगै निरन्तर द्यगकष्लभकक ऋयबअजष्ल न र त्भअजलष्अब िद्यबअपकतयउउष्लन आवश्यक हुने गर्दछ । ‘पैसा दियौँ, अब व्यवसाय आफैँ चल्छ’ भन्ने सोचले दिगो परिणाम दिन सक्दैन । बरु, पूँजी ं सीप ं व्यवसाय योजना ं बजार ं प्राविधिक सहयोग ं नियमित अनुगमन . दिगो उद्यम भन्ने अवधारणाबाट कार्यक्रम अघि बढाउनुपर्छ ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनस्र्थापनामा नयाँ अवसरको खोजी

भोटेकोशी बाढी प्रभावित क्षेत्रको भौगोलिक तथा आर्थिक विशेषतालाई ध्यानमा राखेर पुनस्र्थापनाका कार्यक्रम बनाइनुपर्छ । कृषि, पशुपालन, स्थानीय उत्पादन, पर्यटन एवं होटेल व्यवसाय तथा सीमापार व्यापारसँग सम्बन्धित गतिविधिको सम्भावना पहिचान गर्न सकिन्छ । तर पुरानै व्यवसायलाई जस्ताको तस्तै पुनःस्थापित गर्नु मात्र पर्याप्त नहुन सक्छ । विपद्को जोखिमलाई ध्यानमा राख्दै ‘द्यगष्मि द्यबअप द्यभततभच’ को अवधारणाअनुसार सुरक्षित, विविधीकृत र जोखिमप्रतिरोधी व्यवसाय निर्माण गर्न आवश्यक छ । यसका लागि संघिय सरकारको भरपर्दो अभिभावकत्वमा स्थानीय सरकार, निजी क्षेत्र, वित्तीय संस्था, विकास साझेदार र समुदायबीच सहकार्य आवश्यक हुन्छ।

अबको प्राथमिकता : मानिसलाई फेरि आफ्नो खुट्टामा उभ्याउने

आज भोटेकोशी बाढी प्रभावित क्षेत्रका धेरै परिवारलाई हाम्रो सहानुभूति र तत्काल सहयोग चाहिएको छ । तर उनीहरूलाई सँधै राहतको प्रतीक्षामा बस्ने अवस्थामा राख्नु हाम्रो उद्देश्य हुनु हुँदैन । हाम्रो उद्देश्य हुनुपर्छ—‘आज राहत, भोलि पुनस्र्थापना र पर्सी आत्मनिर्भरता ।’

प्रभावित परिवारलाई शिक्षा स्वास्थ्य भौतिक पूर्वाधार विकास, खानेपानी बिजुलीसहितको स्थायी बसोबासको प्रबन्धसँगै आफ्नो व्यवसाय पुनः सुरु गर्न सहयोग गर्नु, आवश्यक्ता अनुरुप नयाँ सीप सिकाउनु, स्थानीय स्रोतमा आधारित उद्यम विकास गर्नु र बजारसँग जोड्नु नै दीर्घकालीन पुनस्र्थापनाको बलियो आधार बन्न सक्छ । पटक–पटक विपद्ले हामीलाई एउटा कठोर पाठ सिकाएको छ—भौतिक संरचना पुनर्निर्माण गर्न सकिन्छ, तर आर्थिक आधार कमजोर भयो भने परिवारलाई सामान्य जीवनमा फर्किन धेरै लामो समय लाग्दछ । त्यसैले अबको पुनर्निर्माण केवल ‘घर बनाउने अभियान’ हुनु हुँदैन । यो ‘परिवार र स्थानीय अर्थतन्त्र पुनःनिर्माण गर्ने अभियान’ पनि हुनुपर्छ ।

अन्ततः, विपद्को समयमा मानवीय संवेदना सबैभन्दा ठूलो शक्ति हो । उद्धारमा राज्य, सुरक्षा निकाय र समुदायको सहकार्य आवश्यक छ । राहतमा सबैको हातेमालो आवश्यक छ । तर दीर्घकालीन पुनस्र्थापनामाका लागी सामाजिक एवं भौतिक बिकाससँगै उद्यमशीलता, स्थानीय उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई केन्द्रमा राख्नुपर्छ ।

हामीले विगतका भूकम्प, महामारी र प्राकृतिक प्रकोपबाट धेरै कुरा सिकेका छौँ । अब ती सिकाइलाई व्यवहारमा उतार्ने समय आएको छ र यसका लागि सरकार बढी जिम्मेवार पारदर्शी जनउत्तरदायी बनी देश सबैको हो । सबै मिले मात्र व्यवहारिक र सकरात्मक परिवर्तन सम्भब छ भन्ने मान्यतालाई आत्मसाथ गरी राष्ट्रिय एकता कायम गर्न अग्रसर हुनुपर्दछ । तब मात्र भोटेकोशीको अप्रत्याशित विपदमा ज्यान गुमाउंनुहुने परिवारजनप्रति सच्चा श्रद्धानजली हुनेछ । तसर्थ, रसुवा–नुवाकोटलगायत भोटेकोशी तटीय क्षेत्रका प्रभावित परिवारलाई केवल विपद्का पीडितका रूपमा होइन, भोलिको स्थानीय अर्थतन्त्र निर्माण गर्ने सम्भावित उद्यमी र आर्थिक साझेदारका रूपमा हेर्न ससक्दा मात्र पुनस्र्थापना अझ दिगो, सम्मानजनक र प्रभावकारी बन्न सक्छ । हामी सबैले आत्मसात गर्नैपर्छ की राहतले जीवन धान्छ, पुनस्र्थापनाले जीवन फर्काउँछ, तर उद्यमशीलताले भविष्य निर्माण गर्छ ।

लेखक कटुवाल लामो समयदेखि उद्यमशिलता विकासको क्षेत्रमा कार्यरत छन् )

Sharing

प्रतिक्रिया दिनुहोस