• २०८३ भाद्र १५ गते सोमवार

नेपाली दुताबास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए बाढीपीडितप्रति समवेदना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली राजदूतावासको भ्रमण गरी नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । भ्रमणका क्रममा सिंहले भारत सरकार र जनताका तर्फबाट शोक पुस्तिकामा हस्ताक्षर गर्दै बाढीमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

उनले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपालप्रति भारतको ऐक्यबद्धता दोहोर्‍याएका छन् । सिंहले विपत्तिको यस घडीमा भारत नेपालसँग काँधमा काँध मिलाएर उभिएको बताउँदै खोजी, उद्धार तथा पुनःस्थापनाका प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस