• २०८३ भाद्र ११ गते बिहिवार

 नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, काठमाडौं । भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान नेपाल पठाएको छ । भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो राहत उडान ३७.५ टन सामग्री बोकेर नेपालका लागि उडेको जानकारी दिएका हुन् ।

जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासलाई भारतले निरन्तर मजबुत समर्थन गर्ने बताएका छन् । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि भारतले राहत सामग्रीसहितका उडान नेपाल पठाउन थालेको हो ।

भारतले पठाएको सामग्रीमा विपद् उद्धार तथा राहतका लागि आवश्यक सामग्री, औषधि र खाद्यान्नका प्याकेटलगायत सामग्री रहेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस