• २०८३ भाद्र ७ गते आइतवार

अण्डाको मुल्य बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, काठमाडौं । अण्डाको मुल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार अण्डाको मूल्य शुक्रबारदेखि लागु हुने गरि बढेको हो । संघका सचिव मदन पोखरेलका अनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ ।

यस अघि साउन २६ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० तोकिएको थियो । त्यस्तै ठूलो अण्डाको ५७५ रुपैयाँ तोकिएको छ । यसअघि ठुलो अण्डाको मुल्य ५४५ रहेको थियो । त्यस्तै, मिडियम अण्डाको मुल्य ५०० बाट ५२० रुपैयाँ पुगेको छ । त्यसैगरी, सानो अण्डाको मूल्य ४४८ रुपैयाँ पुगेको छ ।

बजारमा चल्लाको अभाव र ह्याचरी उद्योगहरू बन्द हुदा उत्पादन प्रभावित भएको व्यवसायीहरुले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस