• २०८३ भाद्र ५ गते शुक्रवार

आजदेखि प्रदर्शनमा आयो ‘मास्टर्नी’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, काठमाडौँ ।   आज (शुक्रबार) देखि फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ । आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको फिल्म भदौ ५ अर्थात आजदेखि प्रदर्शनमा आएको हो । आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागि आमाले के सम्म गर्न सक्छिन् भन्ने कथामा तयार भएको फिल्म हो ।

प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दिपकराज गिरि, दिपाश्री निरौला लगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ । सुवेन्दु घोषले निर्देशन गरेकोफिल्मलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका छन् ।

सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेको फिल्मको कथा प्रियंकाले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस