भदौ १५, काठमाडौं । रसुवासहित बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःनिर्माणका लागि शिवम् सिमेन्ट र शिवम् होल्डिङ्सले सहयोग घोषणा गरेका छन् । शिवम् सिमेन्टले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारको आवास पुनःनिर्माणका लागि ११० घरधुरीलाई प्रतिपरिवार १०० बोराका दरले जम्मा ११ हजार बोरा शिवम् ओपीसी सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्सले राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले विपद्को यस कठिन समयमा सरकार, स्थानीय निकाय तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै प्रभावित नागरिकको जीवन पुनःस्थापना तथा पुनःनिर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
