• २०८३ भाद्र १ गते सोमवार

पृथ्वी राजमार्ग परिब पाँच घण्टापछि सञ्चालनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १, धादिङ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

सोमबार बिहान करिब ५: ४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । करिब पाँच घण्टापछि पहिरो हटाएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस