साउन २८, काठमाडौं । नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज विहिबार नेप्से ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४७ कम्पनिका एक करोड २ लाख २५ हजार ८७४ कित्ता शेयर ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ मा कारोबार भएको थियो । आज लगानी र म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने माउन्ट एभरेष्ट पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी प्रभु बैंक डिभेन्चरको शेयर १०.४५ प्रतिशतले बढेको ।
त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २९ करोड ९८ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १६ करोड ६९ लाख बराबरको कारोबार भएको छ ।