• २०८३ साउन २६ गते मङ्गलवार

चार वर्षपछि कप्तानीमा फर्किए सन्दीप, रोहितको स्थानमा ओडीआई कप्तान

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २५, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडीआई कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआईको कप्तान बनाउने निर्णय गरेको हो।

सन्दीप करिब चार वर्षपछि पुनः नेपाली टोलीको कप्तानीमा फर्किएका हुन्। उनले यसअघि सन् २०२२ मा नेपाली ओडीआई टोलीको कप्तानी गरेका थिए। अब उनले मलेसियामा हुने एसीसी मेन्स प्रिमियर कपबाट पुनः ओडीआई कप्तानको जिम्मेवारी सम्हाल्नेछन्।

कप्तान परिवर्तनसँगै रोहित पौडेलले ओडीआई कप्तानी गुमाएका छन्। यसअघि नै क्यानले दीपेन्द्रसिंह ऐरीलाई टी–२० अन्तर्राष्ट्रिय टोलीको कप्तान नियुक्त गरिसकेको छ।

विश्वकप लिग–२ मा नेपालको पछिल्लो प्रदर्शन अपेक्षाअनुसार हुन नसकेपछि क्यानले नेतृत्व परिवर्तन गरेको हो। सन्दीपको नेतृत्वमा नेपालले अब नयाँ चुनौतीका रूपमा एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्नेछ।

May be an image of text that says 'CAN "Sports for Health, Sports for Nation" नेपाल क्रिकेट संघ Cricket tAssociation of Nepal (Full Member (FulMemberofACC/Assoclatal of ACCI Associate Member fICc) 「a+ Ref No: NSC Regd No: 04 मिति: २०८३/०४/ २५ प्रेस प्रेसविज्ञप्ति उपरोक्त सम्बन्धमा नेपाल क्रिकेट संघले आगामी August 30 to September 12, 2026 सम्म मलेसियामा आयोजना हुने ACC Premier Cup देखि लागु हुने गरी नेपाली राष्ट्ियि क्रिकेट टिमको एक दिवसीय कप्तानको रूपमा सन्दीप लामिछठानेलाई चयन गरे्को ब्यहोरा अनुरोध गर्दछो I f4ft पारस खड़का सचिव'

Sharing

प्रतिक्रिया दिनुहोस