• २०८३ जेष्ठ १८ गते सोमवार

एउटै वडामा १६ जनालाई सर्पले टोक्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१,महोत्तरी ।  भंगहा नगरपालिकाको वडा नं.५ राजपुरमा शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म १६ जनालाई सर्पले टोकेको भंगहा नगरपालिकाका मेयर संजीव साहले सबै प्रति स्वास्थ्य लाभको कामना गरेका छन् । मेयर साहको भनाइअनुसार घरमै हुँदासमेत सर्पले टोक्ने गरेको तर सर्प कसैले नदेखेको उनको भनाइ छ ।

टोकेपछि दुख्दा मात्रै सर्पले टोकेको हो भन्ने थाहा हुने गरेको स्थानीयहरूले बताएका छन् । सर्पले टोकेका घाइतेहरुको बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा र सर्पदंश उपचार केन्द्र बन्दिपुरमा उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस