• २०८३ साउन २० गते बुधवार

सिरहाका गोलबजार, लहानलगायत क्षेत्रमा एलपी ग्यासको चरम अभाव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २०, सिरहा । सिरहा जिल्लाका गोलबजार, लहानलगायत विभिन्न क्षेत्रमा कोशी ग्यासको चरम अभाव देखिएको छ । ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर डिलर तथा बिक्री केन्द्रमा लामो लाइनमा बस्न बाध्य भएका छन् ।

ग्यासको आपूर्ति अनियमित भएपछि दैनिक खाना पकाउन समेत समस्या भएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । कतिपय उपभोक्ताले घण्टौं लाइनमा बसे पनि ग्यास नपाएको बताएका छन् भने केही स्थानमा सीमित मात्रामा वितरण भइरहेको जनाइएको छ ।

ग्यास अभावका कारण गृहिणी, होटल तथा रेस्टुरेन्ट व्यवसायीसमेत समस्यामा परेका छन् । उपभोक्ताले नियमित र पर्याप्त ग्यास आपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

यता, ग्यासको अभाव कहिलेसम्म रहने भन्नेबारे सम्बन्धित डिलर तथा सरोकारवाला निकायबाट स्पष्ट जानकारी सार्वजनिक भइसकेको छैन । उपभोक्ताले कृत्रिम अभाव भए त्यसको छानबिन गरी सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस