- प्रेम जाेशी /कैलाली
पाैष २२ कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ७ मा पर्ने सुनपाल सामुदायिक वनका पदधिकारिहरुले संरक्षित राष्ट्रिय वन क्षेत्रबाट काठ तस्करी गर्ने गरेको खुलासा भएको छ ।

बैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भएको सो सामुदायिक वनका अध्यक्ष डिल्लीराज जोशीको संलग्नतामा काठ तस्करी हुने गरेको हो । गौरीगंगा नगरपालिका वडा नं ८ मा रहेको पवन जोशीको आरा मिलमा काठ चिरान हुँदै गरेको छ । सोमबार आरामिलमा चिरान गर्न लगिएको २ थान काठ सामुदायिक वनका पदाधिकारिहरुले लुकाएका छ ।
आरा मिलमा पत्रकार सहित सामुदायिक वनका उपभोक्ता पुगेको थाहा पाएका अध्यक्ष जोशीले सो काठ जनप्रिय माध्यमिक विद्यालयको भएको जवाफ दिएका थिए । सो काठ विद्यालयको नभएको भन्दै विद्यालयको नाममा काठ तस्करी हुन प्राध्नाधयापक धनिदत्त भट जानकारी दिए पछि वनका पदाधिकारीले काठ तस्करि गर्ने गरको खुलासा भएको हो ।
बैज्ञानिक बन कार्ययोजना लागू भएको क्षेत्र भन्दा बाहिर राष्ट्रिय वन क्षेत्रबाट काठ बेवारिसे बनाएर कार्यालय पछाडिको झाडीमा चिरान गरि सप्लाई गर्ने गरेको उपभोक्ता दिल बहादुर बोहोराले बताउनु भयो । समाचारदाता सँग विद्यालयको काठ हो भनेर भन्ने जोशीले समाचार रोक्न विभिन्न व्यत्तिहरुलाइ अनुरोध गर्दै काठ आफुले राष्ट्रिय वनबाट ल्याएको बताएका छन ।
सुनपाल सामुदायिक वन उपभोक्ता समुहको घाटगद्मिा रहेको काठ उपभोक्तालाई माग अनुसार नदिएको भन्दै केही दिन पहिला वनको कार्यालयमा उपभोक्ताले तालाबन्दी समेत गरेका थिए । यता सव डिभिजन वन कार्यालय मसुरियाका सहायक वन अधिकृत सचितान्नद सिंहले उपभोक्ता समुहले उपभोक्ताको आबश्यकतालाई मध्यनजर गरेर काठ दिएको हुन सक्ने भन्दै आफुले भोलि मंगलबार अनुगमन गर्ने बताए । उपभोक्ताहरुबाट पटकपटक सुचना पाउने गरेको बताउदै सिंहले विभिन्न सामुदायिक वनमा साधारणसभा भएकोले समय दिन नसकेको जवाफ दिए ।
सामुदायिक वनका पदाधिकारीले वन अधिकृतसँगको मिलेमतोमा राष्ट्रिय वन क्षेत्रबाट काठतस्करि गरिरहेको सो वनका पुर्व अध्यक्ष गोपाल कलेलले बताए । सो सामुदायिक वन सँग जोडिएको खप्तड बहुमुखि क्याम्पस भन्दा पश्चिम किनारामा ठुलो परिणाममा चिरानको तयारिमा काठ लुकाई राखेको काशीराम बोहोराले बताए ।
समितिका पदाधिकारीले सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वनबाट बेवारिसे बनाई ठुलो परिमाणमा काठ तस्करि गरिरहदा नजिकमा रहेको सव डिभिजन वन कार्यालयले बेवास्ता गर्नु दुखद भएको भन्दै वन संरक्षण कर्मि चिन्तित भएका छन् । गौरीगंगा नगरपालिका मेयर एवंम सो सामुदायिक वनका पुर्व अध्यक्ष भिम बहादुर देउवाले बैज्ञानिक वनमा गईसकेको सामुदायिक वनबाट उपभोक्ताका आबश्यकता पूरा हुने अबस्थामा काठ तस्करीमा लाग्नेहरुमाथि काडा कारबाही हुनुपर्ने बताएका छन् ।