• २०८३ असार ३ गते बुधवार

नारायणकाजीले पोखरा पुगेर रास्ट्रिय सभा सदस्यका लागि गराए मनोनयन दर्ता

पढ्न लाग्ने समय : १ मिनेट

पुष २०, पोखरा । रास्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनीसँगै नेकपाकी भगवती न्यौपानेले महिलातर्फबाट रास्ट्रिय सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

नेपाली कांग्रेसको महिलाबाट म्यादीकी बिमला गौचनले उम्मेदवारी दर्ता गराउने छिन् । खुलाबाट स्याङ्जाका सुर्यप्रसाद रेग्मीले उम्मेदवारी मनोनयन दर्ता गराउने छन् । कांग्रेसका बिन्दा राना कास्की र गोरखाका सुरेन्द्र पान्डेको ठाउँमा रास्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुन लागेको हो । गण्डकी प्रदेशमा जम्मा जम्मी २ सय ५२ मतदाता छन् । ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रदेश सभा सदस्यले मत हाल्ने छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस