• २०८३ कार्तिक ३० गते आइतवार

सुनचाँदीको मुल्य बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ६, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ५ हजार ४ सयले बढेर तोलाको २ लाख ९१ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८५ हजार ६ सयमा कारोबार भएको थियो ।


यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११० रुपैयाँले बढेर तोलाको ४४८० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४३७० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस