• २०८३ भाद्र ८ गते सोमवार

एमाले नेतृ शाक्यलाई हृदयघात, एन्जियोप्लास्टी गरियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३२, काठमाडौं ।   नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज बिहान पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

पारिवारिक स्रोतका अनुसार उनको मुटुको एउटा भल्भ ब्लकेज भएको पाइएपछि ‘एन्जियोप्लास्टी’ गरिएको थियो ।

एन्जियोप्लास्टी पश्चात् नेतृ शाक्यलाई हाल अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार जारी राखिएको छ । हाल उनको अवस्था अहिले पूर्ण रूपमा स्थिर र सामान्य रहेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस