• २०८३ असार १५ गते सोमवार

आफ्नै दाईको हत्या गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५, बाँके । आफ्नै दाई २५ वर्षीय मनोज चौधरीको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहवा बस्ने २० वर्षीय बिनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिनोदले आइतबार राति कुटपिट गरी मनोजको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई कोहलपुर नगरपालिका-१५ गोहवाबाट सोमबार बिहान पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस