फाल्गुण २७, काठमाडौँ । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरू बिचको छलफल सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भएको उच्चस्तरीय भेट सकिएको हो ।

एमाले र जसपा बिच सत्ता सहकार्यका लागी निरन्तर छलफल भइरहेको छ । छलफल सकारात्मक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । भोलि पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुने उने बताए ।
