• २०८३ असार ९ गते मङ्गलवार

एमालेको संसदीय दल र सचिवालय बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि एमालेले संसदीय दल र सचिवालयको बैठक बोलाएको हो ।

संसदीय दलको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ भने सचिवालय बैठक आजै साँझ ओली निवास गुण्डुमा बस्ने जानकारी दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस