• २०८३ जेष्ठ १९ गते मङ्गलवार

शान्ति थिङ्ग लामाको गजल ”कसरी देश चलाउनु हुन्छ”

पढ्न लाग्ने समय : १ मिनेट
  • शान्ति थिङ्ग लामा

सिमाना अतिक्रमण हुँदा तपाई निदाउनु हुन्छ
राजधानीमा बसी कसरी देश चलाउनु हुन्छ

नेपालको कालापानी भारतको बनाउनलाई
भन्नुस नरेन्द्र मोदीले कति पैसा पठाउनु हुन्छ

देशलाई युरोप अनि सिङ्गापुर बनाउछु भन्दै
जनताको रगत पिएर प्यास मेटाउनु हुन्छ

चुनाव आउदा राष्ट्रवादी भाषण छाट्नेहरु
देश बेचेर राजधानीमा महल बनाउनु हुन्छ

पत्याउदैनन् जनताले अब तिम्रा हावा कुरा
ठुला ठुला भाषण गर्दै किन कराउनु हुन्छ

सिन्धुपाल्चोक

Sharing

प्रतिक्रिया दिनुहोस