• २०८३ असार ५ गते शुक्रवार

सोरु गाउँपालिकाका अधिकांस बस्तिहरुमा हिलोमुक्त

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असार ५, मुगु।  सडक यातायत सँगै पहुँच पुगेको मुगुको सोरु गाउँपालिकाले पैदल हिंडाइलाई सहज बनाउन हिलोमुक्त गाउँपालिका बनाउन बिगतका आर्थिक वर्ष देखिनै प्राथमिकतामा राखेर पालिकालाई हिलोमुक्त बनाएका छन् ।

गाउँपालिकामा पुर्वाधार विकाससंगै सबै बस्तीमा पुग्न सजिलोका लागि गोरेटो आरसिसि बाटो मार्फत हिलोमुक्त बनाइएको हो । गाउँपालिकाभरिका सबै वडाहरूमा हिलोमुक्त अभियानका लागि पिसीसी गरि बाटो निर्माण भईरहेको सोरु गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार बिगतका आर्थिक वर्ष देखिनै सोरु गाउँपालिकाका बस्तिहरुमा हिलोमुक्त गर्ने जुन ऐजेण्डा थियो बिगतका वर्ष देखिनै पिसिसि बाटो निर्माण भएको सोरु गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीले बताए ।

उनका अनुसार सोरु गाउँपालिकाका जम्मा ७३ वटा बस्तिहरु मध्ये ९ हजार ३ सय ५० मिटर सम्म हिलोमुक्त गाउँ बनाई पिसिसि गरिएको बताएका छन् ।
गाउँपालिकाभित्रका हरेक बस्तीका बाटोहरू पीसीसी गरी बनाइने अवधारणा अन्तर्गत हिलोमुक्त गाउँपालिका अभियान थालिएको उनले बताए । सबैभन्दा बढी हिलो हुने क्षेत्रमा पहिले निर्माण थालिएको हो । बाँकि रहेका बस्तिहरुमा छिट्टै निर्माण गरिने बताएका छन् । मान्छे हिंड्ने बाटोमा अबको ५ वर्षभित्र बाहिर बाट आउने मानिसहरुले हिलो सोरु गाउँपालिकाका बस्तिहरुमा हिलो देख्न पाउने छैनन् ।

हरेक वडा र गाउँपालिकाबाट विनियोजन भएको बजेटले सबै क्षेत्रमा बाटो निर्माण गरेर सम्पन्न भएका छन् भने केही ठाउँमा चालु आवमा निर्माण गर्नुपर्ने बाटो निर्माणकार्य भईरहेको छ । गाउँपालिकाले सञ्चालन गर्ने गरी हिलोमुक्त बनाउन बजेट विनियोजन गरिएको अध्यक्ष शाहीको भनाई छ । यसै अभियानमा प्रत्येक वडाहरूले चालु आवको बजेटमा प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् । बिगतका वर्षहरुमा गाउँको बाटो हिलो हुदा मानिस तथा पशु चौपायालाई आवतजावतमा समस्या हुने गरेको थियो । हिलो हुदा गाउँमा जथाभावि रुपमा फोहोर मैला हुने गरेको , स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने हुनाले सो समस्या लाई मध्येनजर गर्दे पालिकाले हिलो मुक्त बस्ति बनाउने कार्य तिव्र बनाईएको अध्यक्ष शाहीले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस