कात्तिक २९, काठमाडौं । नेपालस्थित अमेरिकी र भारतीय दूतावासले छठ पर्वका अवसरमा शुभकामना दिएका छन् । दूतावासहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत छठ पर्वको शुभकामना सन्देश सार्वजनिक गरेका हुन् । अमेरिकी दूतावासले ‘छठि पावनिक सभगोटेमे हार्दिक मंगलमय शुभकामना’, ‘छठ पर्वको धेरै धेरै शुभकामना’ भन्दै शुभकामना व्यक्त गरेको छ ।

यसैगरी, भारतीय राजदूतावासले पनि छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेको छ । दूतावासहरुको यो सन्देशले नेपालका सांस्कृतिक तथा धार्मिक पर्वप्रति विभिन्न राष्ट्रहरुले समेत सद्भाव अभिव्यक्त गरेको बुझिन्छ । छठ पर्व विशेषगरी तराई–मधेस क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पनि यो पर्व मनाउने गरिएको छ ।