• २०८३ असार ५ गते शुक्रवार

कक्षा १२ को नतिजा प्रकाशित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ५, काठमाडौं ।   राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरको हो । नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएकोमा सबै विषयमा ग्रेड प्राप्त गर्ने २ लाख ३१ हजार ७७० रहेका छन् ।

त्यस्तै कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएकोमा २ लाख ६८ हजार १९० विद्यार्थीले सबै विषयमा ग्रेड पाएको बोर्डले जनाएको छ । त्यस्तै आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४२० ले ग्रेड प्राप्त गरेका छन् ।

कक्षा १२ को नियमिततर्फ ६९.७५ प्रतिशत आंशिकतर्फ ४२.३८ प्रतिशत र कुल ६४.१३ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ ।

गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षा सम्पन्न भएको ३५ दिनमै यस बर्ष नतिजा आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस