असार ५, काठमाडौं । स्विट्जरल्यान्डले बोस्निया-हर्जेगोभिनालाई ४-१ ले हराउँदै विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो बनाएको छ । खेलको अन्तिम २० मिनेटमा स्विट्जरल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरेको थियो ।

वैकल्पिक खेलाडी योहान मान्जाम्बीले दुई गोल गरे भने रुबेन भार्गास र ग्रानिट झाकाले एक-एक गोल थपे । ७४औँ मिनेटमा मैदान प्रवेश गरेको तीन मिनेटभित्रै मान्जाम्बीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि बोस्नियाका तारिक मुहारेमोभिच रातो कार्ड खाँदै बाहिरिएपछि स्विट्जरल्यान्डले खेलमा पूर्ण नियन्त्रण जमायो । घाइते समयको पेनाल्टीमा झाकाले गोल गरे भने बोस्नियाका एर्मिन माह्मिकले एक सान्त्वना गोल फर्काए ।
जितसँगै स्विट्जरल्यान्ड समूह ‘बी’ मा चार अंकसहित दोस्रो स्थानना उक्लिएको छ । बोस्निया भने एक अंकसहित पुछारमा रहेको छ ।
अब स्विजरल्याण्डले अन्तिम खेलमा जुन २५ मा क्यानडासँग खेल्ने छ भने बोस्नियाले सोहि दिन कतारसँग खेल्ने छ ।