• २०८३ जेष्ठ २६ गते मङ्गलवार

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६,  काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको २ हजारले बढेर तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९९ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर तोलाको ४९२५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४९०५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस