• २०८३ बैशाख १७ गते बिहिवार

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक कदम चाल्न ओलीको सरकारलाई ध्यानाकर्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्व क्षेत्रमा पछिल्लो समय बढ्दै गएको तनावप्रति चिन्ता व्यक्त गरेका छन् । उनले संयुक्त अरब इमिरेट्स, इजरायल, इरान लगायत मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली नागरिकलाई सुरक्षित र सजग रहन आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले त्यहाँस्थित नेपाली दूतावासहरू तथा नेपाल सरकारलाई पनि विदेशमा रहेका नेपालीको सुरक्षाका लागि तत्काल सक्रिय भएर आवश्यक कदम चाल्न अनुरोध गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस