• २०८३ जेष्ठ २४ गते आइतवार

मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित मोरङबाट दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी–५ निवासी २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार जाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम तथा प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको छ । त्यसैगरी, निश्चल गुरुङको मलद्वारबाट प्लास्टिकसहित ११ ग्राम तथा प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै जनालाई लागूऔषधसहित पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस