• २०८३ भाद्र ६ गते शनिवार

कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, धादिङ । ज्वालामुखी गाउँपालिका-२ गैरिगाँउ बस्ने हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका-४ बस्ने ४७ वर्षीय लोक बहादुर भट्ट समेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी मैदीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख १३ हजार ६५ रुपैयाँ र ३२ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस