• २०८३ मङ्सिर ४ गते बिहिवार

एसीसी महिला प्रिमियर कप: हङकङले नेपाललाई दियो ११० रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३,  काठमाडौं ।  हङकङले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गतको खेलमा नेपाललाई १०९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको हङकङ चाइनाले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको हो ।

हङकङका लागि यसमिन दासवानीले ४२ रन बनाएकी थिइन् भने मारिको हिलले २९ र मारिना लाम्पलोफले १८ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रिया शर्मा र रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस